चार महिनाअघि नेपाल आएकालाई कहाँबाट सर्‍यो कोरोना? - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

चार महिनाअघि नेपाल आएकालाई कहाँबाट सर्‍यो कोरोना?



विराटनगर- शुक्रबार कोरोना भाइरस पुष्टि भएका १२ जनाको पीसीआर विधिबाट विराटनगरस्थित कोसी अस्पतालमा गरिएको परीक्षणमा बिहीबार नै पोजेटिभ रिपोर्ट आएको थियो।

तर, अन्तिम परीक्षण र प्रमाणित टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै गर्ने नियम भएकाले प्रदेश १ मा उक्त रिपोर्ट सार्वजनिक गरिएन र काठमाडौं पठाइयो।

प्रदेशका केही मन्त्री र अस्पताल स्रोतले यो जानकारी भित्रभित्रै फैलाइरहँदा प्रदेशका सबैको ध्यान स्वास्थ्य मन्त्रालयले दैनिक गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा थियो।

तर ‘प्रेस ब्रिफिङ’मा उदयपुरको कुनै कुरा नआएपछि भ्रम पो हो कि भन्ने धेरैले आशंका गरे।

समाचार माध्ययममा एकैपटक १२ जनाको रिपोर्ट सार्वजनिक भएसँगै प्रदेश १ का तराईका क्षेत्रका नागरिक त्रसित छन्।

तराईका जिल्लामा धेरै मस्जिद रहेको र लकडाउनको समयमा पनि विभिन्न स्थानबाट ती ठाउँमा नयाँ नागरिक आएर बसेकाले मस्जिद आसपासका नागरिक अलि बढी आतंकित बनेका हुन्।

मंसिर २५ गते नै भारतको जोगबनी नाका हुँदै विराटनगरबाट नेपाल प्रवेश गरेका उनीहरू मोरङ, सुनसरी, सप्तरी र उदयपुर जिल्लामा रहेका मस्जिदमा धार्मिक कार्यक्रममा सहभागी भएको खुलेको छ। अन्नपूर्ण पोष्ट्मा समाचार छ