२८ नेपालीको कोरोनाकै कारण मृत्यु: कुन देशमा कति ? - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

२८ नेपालीको कोरोनाकै कारण मृत्यु: कुन देशमा कति ?



काठमाडौं । कोरोनाभाइरस महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या २८ पुगेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिका ८, युएई २, आयरल्याण्ड १, जनाको ज्यान गएको एनआरएनएको सचिवालयले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालबाहेक विश्वभर १ हजार १ सय ६६ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २१ देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

नेपालमा १९ हजार ५ सय ५४ जनामा परीक्षण गरिएकोमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ भने तीनजना कोरोना निको भएर घर फर्किएका छन् ।

संक्रमित हुनेमा देशमा अमेरिका ७ सय, युके २ सय, स्पेन १०, युएई ७१, जर्मनी ४, पोर्तुगल २२, अष्ट्रेलिया ११, आयरल्यण्ड २२, साउदी अरब ४, कुवेत २१, फ्रान्स १, जापान १, मलेसिया ३, म्यानरमार १, बेल्जियम ४, क्यानाडा ३, स्वीट्डरल्याण्ड ५, मल्टा २, हङकङ १ रहेका छन् ।

विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर सो आँकडा तयार पारिएको समितिले जनाएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार साँझसम्म दुई दर्जन भन्दा बढी देशमा १० हजार भन्दा बढी कोरोना पीडितको लागि संघले राहत वितरण गरेको प्रेस संयोजक चिरन शर्माले जनाएका छन् ।