देश अनुसार कोरोनाका फरक-फरक लक्षण, अनुसन्धानकर्ता नै छक्क
काठमाडौं- विश्वभर भयावह बनेको कोरोना भाइरस सङ्क्रमणक विभिन्न नयन तथ्य पत्ता लाग्ने क्रम जारी छ । चीनको वुहानबाट गएको डिसेम्बरबाट फैलिन थालेको यो भाइरसका नयाँ लक्षण देखिन थालेका छन् ।
१००.४ डिग्री सेल्सियसभन्दा बढी ज्वरो, तीव्र रुघा, सुख्खा खोकी, टाउको दुखाइ, स्वास फेर्न गाह्रो हुनु लगायतका लक्षण देखिएपछि कोरोनाको संक्रमणको आशंका हुने गर्दथ्यो ।
पछिल्लो समय त यी लक्षण नदेखिनेलाई पनि कोरोनाको पोजेटिभ रिपोर्ट आउन थालेको छ । त्यतिमात्र होइन विभिन्न रिसर्चका अनुसार अहिले पेट दुख्नु पनि कोरोना संक्रमणको नयाँ लक्षणमा पर्न थालेको छ ।
विगत ४ महिनाको अवधिमा कोरोनाका १५ नयाँ लक्षण देखिएको विभिन्न रिसर्चले देखाएका छन् । इटाली, स्पेन र फ्रान्समा संक्रमितका खुट्टाका औंलामा गहिरो घाउ देखिन थालेको छ ।
यस्तो लक्षण बच्चा तथा किशोरमा देखिएको हो । त्यस्तै कसैलाई मांशपेशी चरम रुपले देख्ने लक्षण पनि देखिएको छ । त्यस्तै नयाँ लक्षणमा गन्ध महसुस गर्न नसक्नु, टाउको दुख्नु, बोल्दा बोल्दै स्वर गुम्नु, पेट दुख्नु, दिमागमा रगत जम्नु रहेका छन् ।
इटालीमा देखिएको १३ वर्षको बालकको पहिलो घटनामा पहिले खुट्टाको औंलामा गाढा रंगको घाउ, त्यसपछि शरीर चिलाउने र अन्त्यमा शरीरमा कडापन आउने नयाँ लक्षण देखिएको थियो ।
इटालीको अस्पतालमा पाँचमध्ये एक बालकको छालामा फरक फरक बदलाव देखिएको पाइएको थियो ।
चिनियाँ ५० प्रतिशत संक्रमितमा पेट दुख्ने, उल्टी हुने, पखाला लाग्ने गरेको थियो । अमेरिकन जर्नल अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा प्रकाशित शोधका अनुसार चीनका २०४ बिरामीमा गरिएको रिसर्चबाट उक्त लक्षण समेटिएको हो ।
द सनको एक रिपोर्ट अनुसार बेलायतको लन्डनका एक बिरामीमा पेटमा फरक किसिमको दुखाई हुनु नै पहिलो लक्षण थियो । फुड प्वाइजनिङ नै यसको लक्षण थियो ।
त्यसपछि मात्र घाँटी सुक्ने, स्वास फेर्न गाह्रो हुने लगायतका लक्षण देखिन थालेका थिए । दक्षिण कोरियामा त बिरामीमा गन्ध र स्वाद नै नपाउने बिरामीका लक्षणहरु भेटिएका थिए ।
रिसर्च रिपोर्ट अुनसार कोरियाली ३० प्रतिशत बिरामीमा ती लक्षण देखिएका थिए । त्यसपछि मात्र ज्वरो, सुख्खा खोकी र स्वास फेर्न गाह्रो हुने लक्षण देखिएका थिए ।
अमेरिकन एकडेमीको रिपोर्ट अनुसार यस्तो लक्षण देखिएको हो ।
अमेरिकाको मिचिगनमा एक ५० वर्षे महिलामा पहिलो पटक टाउको दुखेको थियो । जब दिमागको स्क्रिनिङ भयो तब थाहा भयो कि दिमागका केही भाग सुन्निएका थिए । एक भागका केही कोशिकाहरु ड्यामेज भइसकेका थिए ।
ब्रेन स्ट्रोक लगायत इन्सेफलाइटिसका लक्षणका साथै दिमागमा रगत गम्ने लक्षण इटाली लगायतका ठाउँमा पनि देखिएको इटालीको ब्रेसिका युनिभर्सिटी अस्पतालले जनाएको छ ।
यसप्रकार विश्व स्वास्थ्य संगठन र सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले विभिन्न लक्षणका सुरुआती एडभाइजरी जारी गरेको थियो ।
ती लक्षणहरुमा काफी फेरबदल भएको छ । तसर्थ जे हुँदा पनि चिकित्सकको सल्लाह लिनु नै उत्तम मानिएको छ ।