उदयपुरमा लुकेका ८ जना भारतीयमा कोरोना सङ्क्रमणको पुष्टि
उदयपुर – उदयपुरमा आठ जना भारतीयमा कोरोना भाइरस पोजेटिभ पाइएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना भेटिएको हो ।
भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो ।
उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । पुनः परीक्षणका लागि उनीहरुको नमूना काठमाडौं पठाइएको छ ।