उच्चस्तरीय समिति बैठकपछि मन्त्रीहरू एकाएक किन गए बालुवाटार ? - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

उच्चस्तरीय समिति बैठकपछि मन्त्रीहरू एकाएक किन गए बालुवाटार ?



काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकपछि मन्त्रीहरू एकाएक बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले समितिमा रहेका मन्त्रीहरूलाई बालुवाटार बोलाएपछि उनीहरू त्यहाँ पुगेको बताइएको छ ।

शुक्रवार अपराह्न समितिको बैठक बसेको थियो । समितिमा कोरोना नियन्त्रण र रोकथामका सन्दर्भमा विकसित भएको पछिल्लो अवस्थाको बारेमा छलफल भएको थियो ।

बैठकमा पैदलै हिँडेर घर गइरहेका नागरिकका सन्दर्भमा पनि छलफल भएको थियो ।

संयोजक पोखरेलका स्वकीय सहसचिव दीपेन्द्र श्रेष्ठले बैठक सकिएपछि मन्त्रीहरू बालुवाटार गएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले समितिको निर्णयबारे जानकारी गराउन मन्त्रीहरू बालुवाटार गएको बताए ।