चीनमा फेरि महामारीको सङ्केत: एकै दिनमा १२ सय बढीको मृत्यु
काठमाडौं । विश्वलाई थला पारीरहेको कोरोनाले फेरी चीनमा माहामारीको संकेत देखाएको छ । स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनिरहेको छ ।
महामारीका कारण विश्वमा २१ लाख ८३ हजार ५८१ जनालाई संक्रमण भएको छ भने १ लाख ४६हजार ८५५ जनाको मृत्यु भएको छ ।
त्यस्तै ५६हजार ५८८ जनाको अवस्था गम्भीर भैरहँदा ५ लाख ५२ हजार ७३५ जना उपचार पछि निको भएका छन् ।
तर कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ । कोरोनाको महामारी सकिएको भनिएको चीनमा अचानक पुनः महामारी शुरु भएको छ ।
आज मात्रै चीनमा १ हजार २९० जनाले ज्यान गुमाएका छन् । धेरै दिनको अन्तरालपछि चीनमा एकैदिन यति धेरैको संख्यामा मानिसहरुको ज्यान गएको हो ।
आजमात्रै त्यहाँ थप कोरोना भाइरसका ३५१ नयाँ संक्रमित थपिएका छन् । चीन सरकारले कोरोनाको महामारी आफ्नो देशमा कम भएको भन्दै वुहान शहर सहित देशका अन्य शहरहरुमा लकडाउन खोलिसकेको छ ।
चीनमा अहिलेसम्म ८२ हजार ६९२ जनालाई संक्रमण भएको छ भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।