गगन थापाले भने: मजदुरहरूको कन्तबिजोग बनाएर हामी बाँच्नुको अर्थ छैन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गगन थापाले भने: मजदुरहरूको कन्तबिजोग बनाएर हामी बाँच्नुको अर्थ छैन



काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेका नेता गगनकुमार थापाले लकडाउनका समयमा कन्तबिजोग अवस्थामा हिँडेर घर जाँदै गरेका मानिसहरुको तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

लकडाउनमा गाडी नचलेपछि दिनहुँ राजधानी र देशका विभिन्‍न ठाँउबाट हिँडेर बिजोग अवस्थामा गइरहेका मानिसहरु देख्दा आफूलाई जनप्रतिनिधि भन्‍न पनि लाज भएको उनले दुखेसो पोखेका छन्।

उनले मजदुरको यस्तो बिजोग अवस्था देख्दा ‘तपाईंलाई कस्तो महसुस हुन्छ?’ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्‍नसमेत गरेका छन्।

दिनहुँ काँधमा बच्चा र झोला बोकेर हिँडेका मानिसको व्यवस्थापन हुन नसकेकोमा चिन्ता जनाउँदै थापाले आफूलाई उनीहरुको प्रतिनिधी भन्‍न पनि लाज लागेको बताएका छन्।

ती मानिसहरुलाई यस्तो हालतमा छोडेर आफूहरु जोगिनुको अर्थ नरहेको पनि थापाले बताएका छन्। मलाई त म यिनको प्रतिनिधि हो भन्‍ने सोच्दा लज्जाबोध हुन्छ’, उनले थपेका छन्, ‘यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ!’