बाग्लुङकी ६४ वर्षीया कोरोना संक्रमित महिला निको भईन, तेस्रो रिपोर्ट 'नेगेटिभ' - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

बाग्लुङकी ६४ वर्षीया कोरोना संक्रमित महिला निको भईन, तेस्रो रिपोर्ट ‘नेगेटिभ’



काठमाडौँ- बाग्लुङकी ६४ वर्षीया कोरोना संक्रमित महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

उनि बेल्जियमबाट दोहा हुँदै नेपाल आएकी थिइन् । सङ्क्रमित भएपछि धौलागिरी अञ्चल अस्पतालमा उनको उपचार भैरहेको थियो ।

कोरोना संक्रमित महिलाको पोखरामा गरिएको तेस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पताल प्रमुख डा.शैलेन्द्र पोखरेलले जानकारी दिए।

बाग्लुङमै बेल्जियमबाट फर्केकी १९ वर्षीया युवती पनि कोरोना संक्रमित भएपछि धवलागिरी अञ्चल अस्पतालमै आइसोलेसनमा छन्।

ती ६४ वर्षीया महिलाको चौथो पीसीआर परीक्षण शुक्रबार गरिने र उनको रिपोर्ट नेगेटिभ आए उनलाई अस्पतालबाट डिस्चार्ज गरिने डा. पोखरेलले जानकारी दिए।