बूढानीलकण्ठकी एक महिलामा पनि भेटियो कोरोना पोजेटिभ - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

बूढानीलकण्ठकी एक महिलामा पनि भेटियो कोरोना पोजेटिभ



काठमाडौं- एक महिनाअघि इटालीबाट स्वदेश फर्किएकी काठमाडौंकी एक महिलाको र्‍यापिड डाइग्नस्टिक टेस्ट रिपोर्ट पोजिटिभ देखिएको छ ।

चैत ४ गते इटालीबाट आएकी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ की ती महिलाको र्‍यापिड टेस्टमा पोजेभिट देखिएको वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

हिजो (बुधबार) गरिएको र्‍यापिड टेस्टमा पोजेटिभ आएको र पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको सापकोटाले जानकारी दिए । आज रिपोर्ट आएपछि नगरपालिकाले यस विषयमा थप जानकारी सपकोटाले बताएका छन् ।

नेपाल फर्केदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । उनी एक्लै रहेको जनाइएको छ ।

थप किट आएपछि उनीसँग सम्पर्कमा भएकाहरुको पनि र्‍यापिड टेस्टको तयारी भइरहेको वडाध्यक्ष सापकोटाले बताएका छन् ।