२ सय जन्ती अनलाइनमा बोलाएर यी जोडीले गरे विवाह - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

२ सय जन्ती अनलाइनमा बोलाएर यी जोडीले गरे विवाह



एजेन्सी- विश्वभर कोरोना भाइरसले भयावह बनाइरहेका बेला एक जोडीले भने अनौठो विवाह गरेका छन् । विश्वका धेरै देशमा यतिबेला लकडाउन छ ।

विश्वभर नै कोरोना रोकथामका लागि लकडाउन गरीएको हो । यस्तो अवस्थामा पनि एक जोडीले लकडाउनमा विवाह गरेका छन् ।

विश्वभर मानिसहरु कोरोनाको कहरले घरभित्रै रहेको अवस्थामा यी जोडीले विवाह गरे । सामाजिक दुरी कायम गर्दै उनीहरुले गरेको विवाह विश्वभर चर्चा बन्यो ।

अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा यी जोडीले विवाह गर्दा २ सय जन्ती अनलाइन सहभागी भएका हुन् ।

यी जोडी हुन् केटलिन डिलवर्थ र इथन पोलाक । यो जोडीले आफ्नो पाहुनाहरुलाई अनलाइनमार्फत नै जानकारी दिएका थिए ।

करिब २ सय आफन्तजनहरु अनलाइनमा सजिएर आएका र वर बधुलाई अनलाइनमार्फत नै बधाई र आर्शिवाद दिएका थिए ।

विवाह गर्ने रोकिदैनन् भन्ने उदाहरण बनेको छ यो जोडी ।