र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका सनसिटीका व्यक्तिको नेगेटिभ रिपोर्ट आयो - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका सनसिटीका व्यक्तिको नेगेटिभ रिपोर्ट आयो



काठमाडौं । सनसिटी अपार्टमेन्टमा गत चैत्र ४ गते विदेशबाट आएका एकै परिवारमा दुई जनामा र्‍यापिड टेष्टका क्रममा कोरोना संक्रमण देखिएको थियो । यसैका आधारमा स्वाब सङ्कलन गरेर राष्ट्रिय प्रयोगशाला पठाइएको थियो ।

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएकाउनीहरू तीनजनामध्ये एक जनाको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा एक जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यसअघि दुई जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । बेलायतबाट आएका आमा, छोरा र बुहारीमा तीन दिनअघि आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

जसमध्ये, प्रयोगशालामा गरिएको परीक्षणबाट आमा र छोरालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने बुहारीमा भाइरसको संक्रमण नदेखिएको हो ।

ती परिवारकहाँ काम गर्ने दुई जनाको पनि नमुना परीक्षणका लागि स्वाब पठाइएको भएपनि रिपोर्ट आउन बाँकी रहेको डा देवकोटाले जानकारी दिए ।

बुधबार सनसिटी अपार्टमेन्टका ब्लक ए का २९८ जनाको ¥यापीड परीषण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।