२७ दिनअघि दुबईबाट आएकी महिलामा पनि कोरोना पोजेटिभ
पोखरा- पोखरामा पनि एक जनामा कोरोना पोजेटिभ भेटिएका छन् ।
पोखरा महानगरपालिका-१२, ढिकालेथरकी एक ५५ वर्षीया महिलामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ भेटिएको हो ।
ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको छ ।
उनि २७ दिनअघि दुबईबाट फर्किएकी हुन् । र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पठाएका छ ।
पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो ।