चितवनमा पनि भेटिए एक जना कोरोना पोजेटिभ - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

चितवनमा पनि भेटिए एक जना कोरोना पोजेटिभ



चितवन । चितवनका एक जनामा पनि कोरोना पोजेटिभ भेटिएको छ । -यापिड टेष्ट परीक्षणको क्रममा चितवनको रत्ननगरमा एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

बिहिबार रत्ननगर १४ पिठुवामा रहेको एक अस्पतालमा गरिएको परीक्षणमा एक व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको स्रोतले बताएको हो ।

श्रोतका अनुसार विदेशबाट आएका ३९ ब्यक्तिहरुको आरडीटी प्रविधिमार्फत परीक्षण गरिएको थियो ।

अस्पताल प्रशासनले एकजनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब परीक्षण गर्न भरतपुर पु-याएको छ ।

रत्ननगरको गुञ्जमान सिंह अस्पतालले उक्त युवासँगै अन्य ४ जनाको स्वाब समेत भरतपुर पठाइएको छ ।

अब रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए नभएको निश्चित हुनेछ ।

उनको रिपोर्ट आज साँझ सम्ममा आईपुग्ने छ । उनी फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए ।

उक्त युवा कोरियाबाट आईसकेपछि १५ दिन होम क्वारेनटाईनमा बसेको बताईएको छ ।