भारतमा अर्को तनाव: क्वारेन्टाइनमा बसेका हजारौँ मानिस भागे - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

भारतमा अर्को तनाव: क्वारेन्टाइनमा बसेका हजारौँ मानिस भागे



भारतमा लकडाउन (बन्दाबन्दी) लम्बिएपछि बिहार र उत्तर प्रदेशका क्वारेन्टाइनमा राखिएका हजारौँ मजदुर त्यहाँबाट निस्किएर घर जान थालेका छन्। भीडभाडमा बसेकाले उनीहरुलाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ।

विभिन्न विद्यालय र गाउँ परिषदका सयौँ भवनलाई त्यहाँ क्वारेन्टाइन स्थलको रुपमा परिणत गरिएको छ। बन्दाबन्दीपछि काम गुमाएका र घर फर्कन नपाएकालाई राज्य सरकारले ती ठाउँमा राखेको थियो।

त्यसरी राखिएकाहरुलाई आधार सुविधा पनि थिएन। खानेकुरा, पानी, सुत्ने ठाउँको अभाव थियो। कतिपय राति सुत्न अन्यत्रै जाने र दिउसो निशूल्क पाइने खानाका लागि क्वारेन्टाइनमा आउने गरिरहेका थिए।

भारतमा २४ मार्चमा बन्दाबन्दी सुरु भएपछि नै हजारौँ मजदुरले रोजगारी गुमाइसकेका छन्। त्यसपछि हजारौँ किलोमिटर पैदलै घर फर्किनेहरुको ताँती सडकहरुमा देखिएका थिए। उत्तर प्रदेश र बिहार सरकारले त्यसरी आइपुगेकालाई सीमामा रोकेर क्वारेन्टाइनमा पठाएका थिए।

तर, प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार थप १९ दिन बन्दाबन्दी लम्ब्याएपछि ती मजदुर गाउँ जान निस्किएका हुन्। बखर्ची बन्दै गएका मजदुर बन्दाबन्दी लम्बिएको खबर आउन साथ बाहिर निस्कन थालेका थिए।

क्वारेन्टाइनमा पठाइएकाहरुमा उत्तर प्रदेश र बिहारबाट बाहिर जान नपाएका अन्य राज्यका नागरिक पनि छन्। स्थानीय पत्रकारलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार क्वारेन्टिनमा राखिएकाहरु घुमेर हिँड्दा जोखिम बढेको छ।

उत्तर प्रदेश र बिहार भारतमा धेरै जनसंख्या भएका ठूला राज्य हुन्। क्वारेन्टाइनमा राखिएका हजारौँ गाउँरित लागेपछि संक्रमणको जोखिम देशभर बढेको जनाइएको छ।