लकडाउनका बीच मुम्बईमा किन निस्किए हजारौं मानिस सडकमा
काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको बेला भारतको मुम्बईस्थित बान्द्रा रेलवे स्टेशनमा मंगलबार हजारौा मानिस भेला भएका छन् ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार लकडाउनको कारण रोकिएको रेल सञ्चालन हुने आशामा उनीहरु स्टेशनमा आएका हुन् । मंगलबार जम्मा भएकामध्ये अधिकांश प्रवासी मजदूर छन् ।
उनीहरु अर्को राज्यबाट आउका मानिसहरु थिए । उनीहरु आफ्नो घर जाने अनुमति मागिरहेका थिए ।
स्टेशनमा अत्यधिक संख्यामा मानिसहरु जम्मा भएको सूचना पाएसागै प्रहरीले त्यहाा पुगेर भीड हटाएको छ ।
भीड हटाउन प्रहरीले लाठीचार्ज पनि गरेको थियो । समाचारमा उल्लेख गरिए अनुसार उनीहरुमध्ये धेरैजसो उत्तर प्रदेश र बिहारमा मजदूरहरु थिए ।
भारतमा यसअघि अपि्रल १४ सम्मको लागि लकडाउनको घोषणा गरिएको थियो । त्यसैले उनीहरु घर जान पाइने आशामा स्टेशनसम्म आएका थिए, तर प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको लकडाउन मे ३ सम्म बढाउने निर्णय गरेका छन् ।