चैत ५ गते युएईबाटै आएका थिए संक्रमण देखिएका काभ्रेका दुई युवा
काठमाडौं- काभ्रेको मन्डन देउपुरमा दुई जना युवामा र्यापिड टेष्टका क्रममा कोरोना पोजेटिभ भेटिएको छ।
नगरपालिकाको स्वास्थ्य टोलीले मंगलबार गरेको र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाव धुलिखेल अस्पताल पठाइएको छ।
युएईबाट चैत ५ गते नेपाल आएका ती युवा नगरपालिकाले बनाएको क्वारेन्टिनमा १४ दिन बसेका थिए। तर त्यो अवधिमा कुनै संक्रमण नदेखिएपछि उनीहरु घर गएका थिए। घरमा रहँदा उनीहरुले स्थानीय स्तरमा भेटघाट समेत गरेका थिए।
तर, स्थानीयले पुनः आशंका गरी नगरपालिकालाई भनेर मंगलबार र्यापिड टेष्ट गरिएको थियो। त्यसक्रममा कोरोना पोजेटिभ आएपछी थप परीक्षण गर्न स्वाव धुलिखेल पठाइएको धुलिखेल अस्पतालका एक कर्मचारीले जानकारी दिए। युवकका आफन्त सबैलाई क्वारेण्टिनमा राखिएको छ।
धादिङको ज्वालामुखी गाउँपालिका ३ का ती युवा कोरियाबाट फागुन २० गते नेपाल आएका थिए।
यता, काभ्रेमा दुई युवामा कोरोना पोजेटिभ देखिएपछि लकडाउनलाई थप कडा बनाइएको छ। लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएका विभिन्न जिल्लाका पैदलयात्री काभ्रे हुँदै गृहजिल्ला जान थालेपछि प्रशासनले सूचना जारी गरेको हो।
सरकारले घोषणा गरेको लकडाउनका कारण यातायातका साधन नचलेपछि काठमाडौंबाट मानिसहरु बीपी राजमार्ग हुँदै पैदल नै तराईका जिल्ला गइरहेका छन्।
जिल्ला प्रशासन कार्यालयले लकडाउन उल्लंघन गरी बाहिर हिँड्नेलाई नियन्त्रणमा लिने जनाएको छ। अत्यावश्यक कामको लागि सवारी पास बनाउन पनि प्रशासनले भनेको छ।