एकाएक बढ्दै संक्रमित: नेपाल पनि कोरोनाको उच्च जोखिममा
बीबीसी- मंगलगवार भक्तपुरको पेप्सीकोलामा एउटा अपार्टमेन्टमा बस्ने एउटै परिवारका २ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस अघि आइतवार वीरगञ्जमा ३ जना अनि शनिवार कैलालीमा एकजना र रौतहटमा एकजना सङ्क्रमित भेटिएका थिए।
यो सँगै नेपालमा सङ्क्रमितको हुनेको संख्या १६ पुगेको छ।
भक्तपुरको पेप्सीकोलामा एउटा अपार्टमेन्टमा बस्ने परिवार झन्डै १ महिना अघि लण्डनबाट आएको बताइएको छ।
र्यापिड किटबाट परिक्षण गर्दा उक्त परिवारका तीन जनामा सङ्क्रमण देखिएपछि उनीहरूको पुन: पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
सङ्क्रमण
जस मध्य ५८ बर्षिय पुरुष र ८१ बर्षिया महिलामा सङ्क्रमण देखिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ।
बाँकी १ जनाको हालको परीक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको बताइएको छ।
अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरूको परीक्षण आजैबाट सुरु गरिएको मन्त्रालयको भनाई छ।
नेपालमा कोरोनाभाइरसको आशंकामा ५ हजार ६ सय ९३ नमुना परीक्षण गरिएको छ।
देशभरका १० वटा प्रयोगशालाबाट र प्रत्येक प्रदेशमा र्यापिड किटबाट परीक्षणको काम भैरहेको छ।