कति परिवार बस्छन पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा ? - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

कति परिवार बस्छन पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा ?



काठमाडौं – काठमाडौंमा तीन जनामा कोरोना पोजिटिभ देखिएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि अपार्टमेन्ट नै सिल गरिएको छ ।

पाँच सय परिवार रहेको अनुमान गरिएको उक्त अपार्टमेन्टमा प्रहरीले सिल गरेर राखेको छ । प्रहरी डीआईजी विश्वराज पोखरेलले धेरै परिवार बाहिर गएको हुनसक्ने आंकलन गरेका छन् ।

उनीहरुलाई अहिले पाटन अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको छ ।

उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ ।