डा. भट्टराईले फेरि उठाए नेताहरूको विलासी जीवन र सम्पत्तिको कुरा - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

डा. भट्टराईले फेरि उठाए नेताहरूको विलासी जीवन र सम्पत्तिको कुरा



काठमाडौँ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री र अन्य नेताहरूको सम्पत्तिको बिषयमा फेरि कुरा उठाएका छन् ।

तलब नलिने घोषणा गरेपछि प्रधानमन्त्री र अन्य केहि नेताहरूको विलासी रहनसहनको खर्च कसरी व्यवस्थापन हुन्छ त्यो पनि सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले कोरोना महामारीको अन्त्य नभएसम्म पारिश्रमिक नलिने घोषणा सोमबार गरेका थिए ।

उक्त घोषणाको प्रसंसा गर्दै डा. भट्टराईले विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्री लगायत कतिपय बडे नेताहरूले आफ्नो दृश्य तलब,भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो। त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरू ( कमसेकम संसद ।सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने)को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?’, बाबुरामले ट्विटरमा लेखेका छन् ।