नेता शाहीले गरे सुत्केरी महिलालाई खाद्यान्न सहयोग - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

नेता शाहीले गरे सुत्केरी महिलालाई खाद्यान्न सहयोग



कालिकोट- नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले सुत्केरी महिलालाई खाद्यान्न सहयोग गरेका छन् ।

कालिकोट जिल्ला पचालझरना गाउँपालिका खाद्दु ३ कि महिला लालसरा परियारलाई उनले खाद्यान्न सहयोग गरेका हुन् ।

सुत्केरी व्यथाले च्यापे पछि लालसरा काठमाडौँ आइन, चैत्र १० गते उनले छोरी जन्माइन तर ११ गते बाट सरकारले लकडाउन गर्‍यो जसले गर्दा उनी कालिकोट जान पाइनन् ।

पैसा सकियो, मट्टितेल सकियो सारै समस्या परेपछि उनले नेपाली काङ्ग्रेस का युवा नेता भुपेन्द्र जंग शाहीलाई सम्पर्क गरेर सहयोग माग गरिन।

सुत्केरी महिलाले फोन गरेपछि शाहीले लालसरा परियार, उनका पति हंस परियार र छोराछोरीको लागि आवश्यक खाद्यान्न र केही नगद प्रदान गरेर सहयोग गरेका छन्।

सुत्केरी महिला परिवारलाई लकडाउन भरि आवश्यक पर्ने सम्पूर्ण खाद्यान्न आफूले व्यवस्था गर्ने शाहीले बताएका छन्।

साथै लकडाउनको कारणले समस्यामा परेका अन्य परिवारहरूलाई पनि आफूले सक्दो सहयोग गर्ने शाहीले बताएका छन्।