थाहा नगरले विभिन्न ठाउँमा भएका आफ्ना नागरिक घर फर्काउने: यसरी दिनुहोस विवरण - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

थाहा नगरले विभिन्न ठाउँमा भएका आफ्ना नागरिक घर फर्काउने: यसरी दिनुहोस विवरण



काठमाडौं- मकवानपुरको थाहा नगरपालिकाले विभिन्न ठाउँमा अलपत्र भएका आफ्ना नगरवासीलाई घर पुर्‍याउने व्यवस्था गरेको छ ।

थाहा नगरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सचिवालयले देशका बिभिन्न ठाउँमा अस्थायी बसोबास गर्दै आएका र घर फर्कन चाहनेलाई घर पुर्‍याइदिने निर्णय गरेको हो ।

घर फर्काउनको लागि थाहानगरले अनलाईन फर्म भर्ने ब्यबस्था मिलाएको छ । घर फर्कन चाहने व्यक्तिले आफ्नो डाटा अनलाइनमा भर्नुपर्ने छ। यसका लागि https://survey.app.do/2831174 मा दिइएको विवरण भर्ने व्यवस्था मिलाइएको छ ।

यो लिंक खोलेपछि चित्रमा देखिएजस्तो फर्ममा आफ्नो विवरण भर्नुपर्ने बताइएको छ ।

नगरप्रमुख लवशेर विष्टका अनुसार पहिलो चरणमा विवरण संकलन गर्ने र उनीहरुको अवस्थाको विश्लेषण गरी जहाँ छन त्यहिँ सहयोग उपलब्ध गराउने या लैजानेबारे निर्णय गरिने छ ।

कोरोनाको रोकथामका लागि सरकारले लगाएको लकडाउन लम्बिरहेको बेला घर आउन चाहेका र अफ्ठ्यारोमा परेका परेकाहरुलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरी थाहानगर नै फर्काउने गरी निर्णय भएको बताइएको छ ।

घर फर्काएपछि नगरपालिकाले सञ्चालन गरिरहेको क्यारेन्टाइनमा राख्नुपर्ने भए राख्ने, घरमा छुट्टै बस्न सक्ने व्यवस्था रहेको भए घरमै पठाउने गरी व्यवस्था मिलाइने नगरप्रमुख बिष्टले बताएका छन् ।

उनले अप्ठेरो परेको अवस्थामा निर्धक्कसँग फोन वा सामाजिक सञ्जालबाट समेत सहयोग माग्न आग्रह गरेका छन् ।