कोरोनाको कहरसँगै दिल्लीमा लगातार भूकम्प - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कोरोनाको कहरसँगै दिल्लीमा लगातार भूकम्प



नयाँ दिल्ली – भारतीय राजधानी नयाँ दिल्लीमा लगातार दोस्रो दिन भुकम्प गएको छ। सोमबारको भुकम्प २.७ रेक्टर स्केल मापन गरिएको छ।

तीन साता लामो लकडाउनका कारण घरभित्र सिमित दिल्लीका जनताले भुकम्पको धक्का मज्जाले महसुस गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

यसअघि आइतबार सोनिया विहारलाई केन्द्र विन्दु मनाई ३.५ रेक्टर स्केलको भुकम्प गएको थियो। इपिसेन्टर धेरै गहिराईमा नरहेकाले धक्का महसुस मज्जाले भएको जनाइएको छ।

त्यसअघि दिल्लीमा अन्तिमपटक सन् २०१८ को अप्रिल २४ तारिखमा ३.५ रेक्टर स्केलको भुकम्प गएको थियो। त्यतिबेला दिल्लीमा सन् २०११ यता पहिलोपटक भुकम्प गएको थियो।

दिल्लीलाई केन्द्रबिन्दु बनाई सन् २००१ र २००७ मा पनि भुकम्प गएको थियो।