पाँच देशमा मात्र ८२ हजार भन्दा बढीले ज्यान गुमाए - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

पाँच देशमा मात्र ८२ हजार भन्दा बढीले ज्यान गुमाए



बीबीसी- कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या करिब १ लाख ११ हजार पुगेको छ। १७ लाखभन्दा बढी संक्रमित छन्।

अमेरिका, इटाली, स्पेन, फ्रान्स र बेलायतमा मात्र ८२ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६१९ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको कुल संख्या १६ हजार ९ सय ७२ पुगेको छ। अमेरिका र इटालीपछि सबैभन्दा बढी मृत्यु स्पेनमा भएको छ। त्यहाँ १ लाख ६६ हजार संक्रमित छन्।

बेलायतमा पनि मृतकको संख्या १० हजार नाघेको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ४ सय ३१ को ज्यान गएको छ।

उता, इटालीमा कोरोना भाइरसबाट १९ हजार ८ सय ९९ जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा बढी मृत्यु भने अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म २१ हजार ४ सय ११ जनाको मृत्यु भएको छ।

अमेरिका, इटाली, स्पेन र बेलायतपछि फ्रान्स आउँछ जहाँ कोरोना भाइरसबाट १३ हजार ८ सय ३२ जनाको ज्यान गएको छ।