फागुनदेखि नै वीरगन्जमा खुल्लमखुल्ला थिए कोरोना संक्रमित तीन भारतीय - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

फागुनदेखि नै वीरगन्जमा खुल्लमखुल्ला थिए कोरोना संक्रमित तीन भारतीय



काठमाडौं- विरगंजको छपकैयास्थित मस्जिदमा केही हप्तादेखि आश्रय लिइरहेका तीन जना जमातिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गरिँदै छ ।

थपिएका पछिल्ला तीन संक्रमितहरु नेपाली भने होइनन्। संक्रमितहरुको उमेर ४० देखि ५० को बीचमा रहेको बताइएको छ ।

छपकैयास्थित उक्त मस्जिदमा फागुनदेखि नै बस्दै आएका उनीहरुको स्वाब जाँचका लागि नारायणी अस्पतालले हेटौंडा पठाएको थियो ।

त्यहाँको रिपोर्ट शंकास्पद देखिएपछि थप पुस्टिको लागि काठमाडौं पठाइएको थियो । हेटौंडा अस्पतालले ३३ जनाको स्वाब जाँच गर्दा तीन जनाको रिपोर्टमा संक्रमण पुष्टि भएको हो ।

उक्त रिपोर्ट सार्वजनिक भएलगत्तै उनीहरु बस्ने मस्जिदका २६ जनालाई तत्काल नजिकै रहेको सिदार्थ माविमा सञ्चालित क्वारेन्टाइनमा राखिएको छ भने मस्जिद क्षेत्रलाई सिल गर्न

संक्रमित यी तीनैजना भारतको उत्तर प्रदेशका नागरिक हुन्। उनीहरु आफैँ संक्रमित भएर नेपाल भित्रिएका थिए या यहाँ रहँदा संक्रिमित भएका हुन्? खुलेको छैन। स्वास्थ्य मन्त्रालयले उनीहरुले भेटेका मानिसहरुलाई ट्रेसिङ सुरु भएको जनाएको छ।

दिल्ली र यूपीबाट अढाई महिनाअघि नेपाल प्रवेश गरेका भनिएका उनीहरु दुई सातादेखि वीरगंजको छपकैयाको मस्जिदमा रहँदै आएका थिए। वडा नम्बर दुईका वडा अध्यक्ष शेख अब्बासकै पहलमा २१ जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो।

उनीहरु पछिल्लो दुई सातामा वीरगंजमा कतिजना मुस्लिम समुदायलाई भेटेको र दुई महिनाको अवधीमा तराईका कुनकुन जिल्लाका कुनकुन मस्जिदमा घुमेका छन् भन्ने ट्र्याकिङ सुरु भइसकेको छ।