तीन जना सङ्क्रमित भेटिएपछि वीरगञ्जमा 'हाईअलर्ट': २६ जना नियन्त्रणमा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

तीन जना सङ्क्रमित भेटिएपछि वीरगञ्जमा ‘हाईअलर्ट’: २६ जना नियन्त्रणमा



वीरगञ्ज –वीरगञ्जको छपकैया र घुसुकपुरमा रहेको मस्जिदमा बसेका २६ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।

प्रहरीले मस्जिदमा बसेका १९ जना मुस्लिम धर्मगुरुसहित २६ जनालाई नियन्त्रणमा लिई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखेको हो ।

उनीहरु मध्ये १९ जना भारतीय जमाती र वीरगञ्जका ३ जना नेपाली मुस्लिम धर्मगुरु र ४ जना भारतबाट पाहुना आई मस्जिदमा बसेकोहरु रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले छपकैया टोलको मस्जिदबाट ११ जना र घुसुकपुर टोलमा रहेको मसिजदबाट १५ जना गरि २६ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखेका मध्ये १९ मुस्लिम जमातीहरु, भारतको दिल्ली र सो आसपास क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शनिबार साँझ प्रहरीले ई रिक्सामा राखेर लिएर आएको थियो । नियन्त्रणमा लिइएका सबैजनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।