नेपालमा थप तीन जना कोरोना संक्रमण: सङ्ख्या १२ पुग्यो
काठमाडौं- नेपालमा थप तीन जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यससंगै कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ ।
भारतबाट आएका तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि पुन: परिक्षणका लागि हेटौंडाबाट काठमाडौं पठाएका तिनै जनामा कोरोना संक्रमण देखिएको हो ।
सुरुमा शंकास्पद रिपोर्ट आएपछि उनीहरूको नमुना थप परिक्षणका लागि काठमाडौं पथाइएको थियो । स्रोतका अनुसार हेटौंडाबाट पुन: परिक्षणका पठाइएका तिनै जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी छ । उनीहरूको स्वाब सुरुमा वीरगन्जबाट हेटौंडा परिक्षणका लागि ल्याइएको थियो ।
लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा आज सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
भारतीय मुस्लिम धर्म प्रचारकहरुको हेटौंडामा थ्रोट स्वाब परिक्षणका लागि ल्याइएको थियो। कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका २, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ ।
२४ जना मध्ये दुईजनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो।
स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी गराउन बाँकी छ ।