प्रधानमन्त्री ओलीद्वारा प्रचण्डको नयाँ प्रस्ताव ठाडै अस्विकार - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

प्रधानमन्त्री ओलीद्वारा प्रचण्डको नयाँ प्रस्ताव ठाडै अस्विकार



काठमाडौँ- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डको नयाँ प्रस्ताव ठाडै अस्विकार गरेका छन् ।

अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको सर्वदलीय संयन्त्रको प्रस्ताव गरेपछि सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको भन्दै उनले अस्विकार गरेका हुन् ।

शनिबार प्रदेश मुख्यमन्त्रीहरूसँग भिडियो कन्फरेन्स मार्फत छलफल गर्दै प्रधानमन्त्री ओलीले छिट्टै संयन्त्र बनाउन आवस्यक नभएको बताएका थिए।

अध्यक्ष प्रचण्डले सरकार र उच्चस्तरीय समितिले कोरोना रोकथाम तथा सम्भावित संकट तार्न गरिएका काममा असन्तुष्टि जनाउँदै सर्वदलीय संयन्त्रको प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भिडियो कन्फरेन्स गर्दै भने,’सरकारभन्दा बाहिर कुनै संयन्त्र आवश्यक छैन।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले सरकार स्वयंले राम्रा काम गरिरहेको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको बताइएको छ ।