डोनाल्ड ट्रम्पले भने: हामी पनि चीन जस्तै देश बन्न चाहन्छौँ - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

डोनाल्ड ट्रम्पले भने: हामी पनि चीन जस्तै देश बन्न चाहन्छौँ



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका पनि चीन जस्तै देश बन्न चाहेको बताएका छन् ।

ह्वाइट हाउसमा हुने नियमित पत्रकार सम्मेलनमा उनले अमेरिका पनि चीन जस्तै विकासशील देश बन्न चाहेको बताएका हुन्।

उनले बह्नेका छन्, यदी चीन विकासशील देश भएर फाइदा उठाउछ भने अमेरिकालाई पनि विकासशील देशनै बनाइदिन आग्रह गरेका छन् ।

उनले भने,“चीनले अविश्वसनीय रुपमा हाम्रो र अन्य देशबाट फाइदा उठाएको छ । तपाईलाई थाहा छ, चीनलाई विकासशील राष्ट्र मानिन्छ । म भन्छु यो ठीक छ र अमेरिकालाई पनि विकासशील देश बनाइदिनुस् ।”

चीनलाई विकासशील देश भएकाले ठूलो फाइदा मिलेको उनले बताए । “भारत एक विकासशील देश हो । अमेरिका ठूलो विकसित देश हो । तर हामीलाई पनि कयौ विकास कार्य गर्नुछ,” उनले भने ।

अमेरिकाको सहयोगमा चीन विश्व व्यापार संगठनमा संलग्न भएपछि चीनको अर्थव्यवस्था बढ्न थालेको उनले बताए । यदी चीन निश्पक्ष रुपमा आउदैन भने उसलाई छोडिने ट्रम्पले बताए ।

चीनले ३० वर्षदेखि अमेरिकाको फाइदा उठाउदै आएको आरोप ट्रम्पले लगाए । “चीनले डब्लूटीओको माध्यमबाट र यस्ता नियमको प्रयोग गरेर फाइदा उठायो जुन अमेरिकाका लागि अन्यायपूर्ण छ,” उनके तर्क थियो । कोभिड–१९ विश्वव्यापी महामारीका कारण अमेरिकी अर्थव्यवस्था रोकिएको अवस्थामा पुगेको छ ।

राष्ट्रिय आपतकाललाई मध्यनगर गर्दै ९५ प्रतिशत भन्दा बढी जनसंख्या घरमै सीमित भएका छन् । १.६ करोड मानिसले आफ्नो रोजगारी गुमाएका छन् ।

यो संक्रमणबाट शुक्रबारसम्म अमेरिकामा १८,००० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पाँच लाख भन्दा बढी संक्रमित भएका छन् ।