आफ्नो कमजोरी लुकाउन छिमेकीलाई दोष लगाउने भारतीय संस्कार - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

आफ्नो कमजोरी लुकाउन छिमेकीलाई दोष लगाउने भारतीय संस्कार



काठमाडौं- भारत र भारतीय मिडियाहरू अफवाह फैलाउन माहिर छन् । नाकाबन्दीको समयमा होस् वा भूकम्पको समयमा यिनीहरूले गरेको हर्कत अचम्मको हुने गरेको छ ।

हाल संसारभर महाविपत्ति बनेको कोरोना संक्रमणलाई लिएर नेपालबाट भारतमा फैलाउने षडयन्त्र भएको भन्दै भारतका सञ्चारमाध्यममा सिरिज नै चलाइएको छ ।

भारतीय टेलिभिजनहरुले नेपालको सीमामार्फत भारतमा कोरोना फैलाउने षडयन्त्र भएको अपवाह फैलाएका छन् ।

भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहित समाचार प्रसारण गरेका हुन् ।

चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको हो ।

भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाउँदै मियाँले कोरोना संक्रमित ४०–५० जनालाई भारत पठाएर खबर प्रशारण गरेका थिए ।

बिहारका डिजिपी गुप्तेश्वर पाण्डेसँग गरेको कुराकानीमा बिहार प्रहरीलाई सो सूचना नआएको र नेपाल–भारतको बोर्डरमा आफ्नो कडा निगरानी रहेको बताएका छन् ।

यता पर्सा जगरनाथपुर गाउंपालिका अध्यक्ष मियाँले शुक्रबार विज्ञप्ती जारी गर्दै सो समाचार अफवाह मात्र भन्दै आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।