स्वदेश फर्किन नपाएपछि एक नेपालीले कुवेतमा गरे आत्मह'त्या - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

स्वदेश फर्किन नपाएपछि एक नेपालीले कुवेतमा गरे आत्मह’त्या



कुवेत- कुवेतमा एक नेपालीले आत्मह’त्या गरेका छन्।

लमजुङ घर भएका उनले स्वदेश फर्किन नपाएकोमा आत्मह’त्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

लमजुङका ४१ वर्षीय आइत बहादुर गुरुङले केहि समय अगाडी देखि स्वदेश फर्किने तयारी गरिरहेको बताइएको छ।

उनले बुधवार बेलुकी आत्मह’त्या गरेका हुन्। ५ वर्षअघि कुुवेत गएका गुरुङ कम्पनीबाट हिसाब मिलाएर बिदामा घर फर्कने तयारीमा थिए।

तर, नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सबै अन्तर्राष्ट्रिय उडानहरुमा प्रतिबन्ध लागेका कारण उनी स्वदेश फर्किन पाएका थिएनन्।

कुवेतको मेश अल्गानियम कम्पनीको भान्सामा काम गर्दै आएका गुरुङले बुधवार आत्मह’त्या गरेको प्रारम्भिर रिपोर्ट आएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ।

यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन्। घटनाका बारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।