ट्रम्पले गम्भीर आरोप लगाएकै बेला डब्लूएचओका महानिर्देशकलाई ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ट्रम्पले गम्भीर आरोप लगाएकै बेला डब्लूएचओका महानिर्देशकलाई ज्यान मार्ने धम्की



जेनेभा- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गम्भीर आरोप लगाइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकलाई ज्यान मार्ने धम्की आएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूलाई हत्याको धम्की आएको बताएका छन् ।

महानिर्देशक अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए ।

टेड्रोसका अनुसार उनीमाथि यही अप्रिल ८ मा आयोजित पत्रकार सम्मेलनका क्रममा धम्की आएको थियो ।

कोरोना भाइरस महामारीको १ सय दिनको सन्दर्भमा डब्लूएचओले हालै पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको थियो ।

तर टेड्रोस यस्तो धम्कीप्रति शान्त रुपमा प्रस्तुत भएका थिए । तर उनले आफूमाथि भएका सबै आलोचना र टिप्पणीको जवाफ नदिने जनाए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि हालै डब्लूएचओमाथि कडा आलोचना गरेका थिए । डब्लूएचओ चीनप्रति पूर्वाग्रही बनेको ट्रम्पको आरोप थियो ।

‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए ।

तर उनले कसले धम्की दियो भन्नेबारे केही खुलाएका छैनन् । तर तीन महिनाअघि ताइवानबाट धम्की आएको उनको दावी छ ।