सुदूरपश्चिममा खतराको सङ्केत: समयमै ध्यान नदिए भयावह - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सुदूरपश्चिममा खतराको सङ्केत: समयमै ध्यान नदिए भयावह



काठमाडौं- देशभरमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेको सुदूरपश्चिम सर्वत्र चासोको हिसावले हेरिएको छ । पछिल्लो समय भारत लगायतका देशबाट धेरै युवाहरू आएका तर परिक्षण नभएकाले पनि चासोको रूपमा हेरिएको छ ।

सरकार तथा स्थानीय निकायले तत्काल बाहिरबाट आएका सबैलाई पत्ता लगाएर परिक्षण गर्ने र क्वारेन्टाइना नराख्ने हो भने सुदूरपश्चिम कोरोना भाइरसको उच्च जोखिममा हुने विज्ञहरुले बताएका छन्।

सुदूरपश्चिममा दोस्रो चरणमा प्रवेश गरिसकेको र यसलाई समयमै ख्याल नगर्नेहो भने जे पनि हुनसक्ने विज्ञहरूको दाबी छ । तत्काल नियन्त्रणका लागि धेरैको कोरोना परिक्षण नगर्ने हो भने सुदूरपश्चिम कोरोनाको इपिसेन्टर बन्न सक्ने विज्ञहरुको चिन्ता छ।

भारतमा कोरोनाको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपाली मजदूरहरू अहिले पनि फर्किने क्रम जारी रहेको र अवैध बाटो भएर उनीहरू आइरहेकाले यस्तो जोखिम बढेको हो ।

लकडाउन हुनुअघि मात्रै सुदूरपश्चिममा भारतबाट एक लाख ४७ हजार नागरिक फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको तथ्यांक छ। त्यसपछि पनि फर्किने क्रम रोकिएको छैन। सरकारले नेपाल आउन नदिएपछि दार्चुला र बैतडीमा एक हजारभन्दा बढी नागरिकलाई भारततर्फ क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै, कैलाली र कञ्चनपुरमा लुकिछिपी आउने क्रम अहिले पनि चलिरहेको छ ।

नेपालभर हालसम्म कोरोनाको संक्रमण देखिएका नौ जना छन् भने चार जना सुदूरपश्चिमका छन्। जसमा दुई जना भारतबाट आएका छन् भने एक जना स्थानीयमा पनि सरेको छ।