चीनमा फेरि कोरोना संक्रमित बढे - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

चीनमा फेरि कोरोना संक्रमित बढे



एजेन्सी–पछिल्लो समय कोरोना संक्रमणलाई स्थिर राखिरहेको चीनमा फेरि कोरोना संक्रमित बढेका छन्।

चीनको राष्ट्रिय स्वाथ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा ६२ नयाँ कोरोना संक्रमित देखिएका छन्।

थप १ सय ३७ जना पनि बिरामी परेका छन् जसमा कुनै पनि स्पस्ट लक्षण देखिएको छैन्।

यो पछिल्लो दिनका तुलनामा धेरै हो । सोमबार नयाँ कोरोना संक्रमित ३२ जनामात्रै थिए भने स्पस्ट लक्षण नदेखिएका केवल ३० जनामात्रै।

चीनमा मंगलबार कोरोना भाइसका कारण २ जनाको मृत्यु भएको थियो जबकि सोमबार पहिलो पटक कसैको पनि मृत्यु भएको थिएन।

पछिल्लो विरण अनुसार चीनमा ८१ हजार ८ सय २ जनालाई कोरोना संक्रमण भएको थियो जसमध्ये ३ हजार ३ सय ३३ को मृत्यु भएको छ।

निको भएर ७७ हजार २ सय ७९ घर फर्किसकेका छन् भने अझैँ १ हजार १ सय ९० सक्रिय बिरामी छन् । यस्तै, गम्भीर अवस्थामा १ सय ८९ रहेका छन् ।