एमबाप्पेले लगाउन सक्छन ७ नम्बर जर्सी ? - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

एमबाप्पेले लगाउन सक्छन ७ नम्बर जर्सी ?



पेरिस (एजेन्सी)– विश्वकपको सफल यात्रापछि फ्रेञ्च युवा स्ट्राइकर केलियन एमबापेको चर्चा विश्व व्यापी बनेको छ। यस्तोमा उनलाई आफ्नो क्लबमा भित्र्याउन महंगा तथा विश्व चर्चित क्लबले आँखा लगाउनु नौलो कुरा भएन।

तर, फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले तत्कालै उनलाई बेच्ने कुनै छाँट देखाएको छैन। ब्राजिलका नेइमारलाई गत सिजन सबैभन्दा महंगो मूल्य चुकाएर क्लब भित्र्याएको पिएसजी यसपालि क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जित्ने अभियानमा छ।

यो अभियानमा एमबापेले मुख्य भूमिका खेल्न सक्ने कुरालाई क्लबले राम्रोसँग बुझेको छ। यसै सिजन पिएसजीलाई फ्रेञ्च लिग र फ्रान्सलाई विश्वकप उपाधि दिलाउन एमबापेको भूमिका महत्वपूर्ण थियो।

अहिले क्लबमा एमबापेलाई नयाँ सिजनका लागि कति नम्बरको जर्सी दिने भन्ने विषयमा कुरा उठेको छ। गत सिजन मोनाकोबाट ऋण सम्झौतामा पिएसजी आएका एमबापेले २९ नम्बर जर्सी पाएका थिए।

एमबापे पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका ‘फ्यान’ हुन्। त्यसैले उनको रुचि रोनाल्डोले लगाउने ७ नम्बर जर्सीमा भएको बताइन्छ।

तर, पिएसजीले उनलाई ७ नम्बर जर्सी दिने कुरामा शंका छ। किनभने क्लबले पहिले नै महत्वपूर्ण खेलाडीको रुपमा नेइमारलाई भित्र्याइसकेको छ। र, क्लबले नेइमारको अनुमति बिना एमबापेलाई महत्वपूर्ण ७ नम्बर जर्सी दिने सम्भावना छैन।

विश्वकपमा एमबापे फ्रान्सको १० नम्बर जर्सी लगाएर मैदानमा उत्रिएका थिए। नेइमार पनि क्लब र देशबाट १० नम्बर जर्सी नै लगाएर मैदानमा उत्रिने गरेका छन्।