७ वर्षपछि सुटर पक्राउ - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

७ वर्षपछि सुटर पक्राउ



आचार्य प्रदीप
बुटवल । वुटवलका ब्यापारी दम्पत्ति रमेश भण्डारी र आस्था भण्डारी हत्याका मुख्य सुटर पक्राउ परेका छन् । भण्डारी दम्पत्तीको हत्या गरी फरार वुटवल सालझण्डीका अर्जुन गौतम पक्राउ परेका हुन् । गौतमलाई सुनौलीमा पक्राउ गरिएको हो ।

नेपाल आउनेक्रममा सूचनाका आधारमा पक्राउ गर्न सफल भएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली बताए । इलाका प्रहरी कार्यालय बुटवलमा आज पत्रकार सम्मेलन गरेर प्रहरीले मुख्य सुटरलाइ सार्बजनिक गरेको हो ।

इन्टरपोलले गौतमका नाममा रेडर्कनर नोटिस जारी गरेको थियो। केही समयअघि गौतमलाई भारतीय प्रहरीले पनि पक्राउ गरेको थियो ।

‘गौतमसहित ४ जना ब्यक्ति मिलेर ब्यापारी दम्पत्तिको २०६७ असार ९ गते बुटवलको ब्यस्त बजार जेसिसचोकमा गोली प्रहार गरिएको थियो । सो हत्यामा संलग्न २ जना जेलमा रहेको र गौतम भागेर भारत पुगेको प्रहरीले जनाएको छ ।

अर्जुन गौतम यस भन्दा पहिले पनि २०६५ पुस २१ गते अटोमेटीक पेस्तोल थान १, गोली १२ राउण्ड सहित पक्राउ परेका थिए । निज उपर हातहतियार खरखजाना मुद्दा दर्ता भई तत्काल पुर्पक्षको लागि थुनामा समेत गएको प्रहरीले जनाएको छ ।

आशा भण्डारीलाई १ र निजका श्रीमान रमेश भण्डारीलाई २ राउण्ड गोली हानी पसलको घर्राबाट रु ५ लाख १८ हजार रकम लुटी फरार भएका थिए । सो घटनामा संलग्न भोलेबाबा भन्ने शम्भु गौतम, निम प्रसाद थापा, श्याम प्रसाद बि.क., पुरन श्रीस, राजु गलामी समेत पक्राउ परी तत्कालको रुपन्देही जिल्ला अदालतको आदेशले थुनामा गएका थिए ।

घटनाका सुटर अर्जुन गौतम तथा उनका सहोदर दाजु कृष्ण गौतमको लामो समय देखी खोजतलास भैरहेको थियो । कृष्ण अझै फरार छन् ।