२५ वर्षीया महिलाले एकैपटकमा जन्माइन् ७ बच्चा - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

२५ वर्षीया महिलाले एकैपटकमा जन्माइन् ७ बच्चा



एजेन्सी– पूर्वी इराकको दियाली प्रान्तमा २५ वर्षकी एक महिलाले ७ बच्चालाई एकैपटकमा जन्म दिएकी छिन् । यो पहिलो घटना जब नर्मल डेलिभरीबाट एउटी महिलाले यति धेरै बच्चालाई जन्म दिएकी छिन् । ६ छोरी र एक छोरा जन्माएकी ती महिला र जन्मिएका सबै बच्चाको स्वास्थ्य राम्रो रहेको त्यहाँका चिकित्सकले जनाएका छन् ।

यसअघि सन् १९९७ मा अमेरिकाको लोआ राज्यमा एक महिलाले सात बच्चालाई एकै पटकमा जन्म दिएकी थिइन् । यो समाचार आएपछि तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन त्यो परिवारसँग व्यक्तिगत रुपमा भेट्न गएर बधाई दिएका थिए । उनले ती घरलाई आर्थिक मद्दत गर्दै ती सबै बच्चाहरुलाई छात्रावृत्तिमा पढाएका पनि थिए ।

यसअघि सन् २०१३ मा लेबनानको एक अस्पतालमा एक महिलाले ३ छोरा र ३ छोरीलाई जन्म दिँदा विश्वभर यो समाचार भाइरल भएको थियो ।

उता, इराकमा एकै पटकमा सात बच्चा जन्मिएपछि त्यो परिवारमा खुसीयाली छाएको छ । ती बच्चाका बाबुले बच्चाहरुलाई हेर्न परिवारमा १० जना रहेको र अब अरु बच्चा नजन्माउने बताएका छन् । यो समाचार आएलगत्तै यो जोडीलाई सेलेक्टिभ रिडक्सन गरेको आरोप लागेको थियो । सेलेक्टिभ रिडक्सन भनेको भ्रूणको संख्या कम गर्नु हो । तर, दुवै जनाले यो आरोपलाई खारेज गरेका थिए ।