५.८ रेक्टरको उत्तरी भागमा झट्का ,दिल्ली आसपासमा पनि महसुस
हिमाल पोस्ट/नयाँ दिल्ली
भारतीय समय अनुसार करिब १० बजेर ४० मिनेट जादाँ भारतको उत्तरी भेगमा ५.८ रेक्टरको भूकम्प गएको हो ।दिल्ली र दिल्ली आसपासमा पनि भूकम्पको महसुस भएको हो ।भूकम्प करिब ३० सेकेण्ड आएको थियो ।
भुकम्प उत्तराखण्डको रुद्रप्रयाग जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प ब्युरो प्रमुख जे एल गौतमले जनाकारी दिए ।
उत्तराखण्ड भारतको उत्तरी भेगमा पर्छ जहाँ भूकम्पीय गतिविधि बढीमात्रामा हुने गर्छ ।
केहीबेर भूकम्पले त्रसित बनाए पनि ऐले भने जनजिबन सामान्य भएको छ ।यद्यपी भूकम्पले कुनै मानवीय एवंम भौतिक क्षती भने भएको छैन ।