५०।५० लाई शतप्रतिसत बनाउने : राज्य मन्त्री रज्जाक
स्वतन्त्रलाई मत दिनु मतको खेर फाल्नु हो : हरि न्यौपाने
रुपन्देही ,बुटवल १३ मङ्सिर
खानेपानी तथा सरसफाइ राज्यमन्त्री तथा नेपाली काँग्रेस क्षेत्र नं १ प्रतिनिधि सभाका उम्मेद्धवार अब्दुल रज्जाकले आफ्नो जितले सम्पूर्ण विकासका कामले पूर्णता पाउने बताउनुभएको छ । क्षेत्र न १ अन्तर्गत तिलोत्तमा नगरपालिकाको वडा न १० मा भएको कार्यकर्ता भेलामा बोल्दै रज्जाकले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
उहाँले सरकारी सहयोग ५० प्रतिशत र स्थानीयको ५० प्रतिशतका हिसाबले हुने विकासका आयोजनालाई आगामी दिनमा सत प्रशित नै सरकारीे योजनाबाट सञ्चालन गरिने बताउनु भयो ।
यस्तै भेलामा क्षेत्र न १ प्रदेश सभा २ का उम्मेद्धवार हरि न्यौपानेले आफू आबद्ध पार्टी त्यागेर स्वतन्त्र बनी मत माग्नेले जनताको मन जित्न नसक्ने भन्दै स्थानीय काममा स्थानीय उम्मेद्धवारलाई प्राथमिकता दिई जिताउन आग्रह गर्नुभयो । न्यौपानेले पार्टी प्रतिको ईमान्दारिता त्यागेर विपक्षी बनेर हिँड्ने र विकासका काममा बाधक बन्नेको औचित्य नरहने प्रष्ट्याउनु भयो ।
मोहन प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले काँग्रेसका नेता तथा कार्यकर्ताको ईमान्दारिता नै जितको प्रतीक भएकाले जनताले अवश्य मत दिएर उम्मेद्धवारहरुलाई जिताउने भनाई राख्नुभयो । भेलामा नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि छोटेलाल यादवले स्वागत गर्नुभएको थियो ।
यसै बिच क्षेत्र न १को तिलोत्तमा नगरपालिकाको वडा न १० र १२ अन्तर्गत मक्रहर, मैनहवा, बेंवरा लगायतका स्थानमा नेपाली काँग्रेसका जिल्ला सभापति तथा क्षेत्र न १ प्रतिनिधि सभाका उम्मेद्धवार रज्जाक र क्षेत्र न १ प्रदेश सभा २ का उम्मेद्धवार न्यौपानेले संयुक्त घरदैलो गर्नुभएको छ ।
घरदैलो पश्चात् आयाजित कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेद्धवार रज्जाकले आफूले यसअघि भएका निर्वाचनमा जित्नुको पछाडि पनि आफूले गरेको विकासको कारण भएको बताउँदै घरदैलोमा स्थानीयले राखेका माग सम्बोधन गरी काम गर्न आफूलाई मत दिन आग्रह गर्नुभएको छ ।
त्यस्तै सभामा आफ्ना भनाई राख्दै क्षेत्र न १ प्रदेश सभा २ का उम्मेद्धार न्यौपानेले विकासका काम गर्न आफ्नो उम्मेद्धवारी रहेको उल्लेख गर्दै काँग्रेसले बोलेको कुरा पूरा गर्ने पार्टी भएकाले आफ्नो बोलीको प्रतिबद्धता जित पशचात पूरा हुने भएकाले नेपाली काँग्रेसलाई मत दिन आग्रह गर्नुभयो । नेता न्यौपानेले विधार्थी राजनीति देखि नै आफू काँग्रेसमा सक्रिय रहेको र सम्पूर्ण स्थानीयले आफूलाई चिनेको भएकाले कुनै
स्वतन्त्र बागी उठ्दैमा आफ्नो कदम नडग्मगाउने बताउनुभयो । घरदैलोमा उम्मेद्धवारद्धय सँगै जिल्ला सचिव रामकृष्ण खांण, बुटवल उपमहानगर सभापति खेलराज पाण्डे, नगर सभापति हरिलाल पाण्डे लगायतको सहभागिता रहेको थियो ।