एकैदिन ५ लाख संक्रमित थपिए - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

एकैदिन ५ लाख संक्रमित थपिए



काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ९५ हजार १२० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटरको तथ्याङ्कअनुसार झण्डै ५ लाख नयाँ संक्रमित थपिएसँगै हालसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ५३ लाख ३१ हजार २३३ पुगेको छ।

जसमध्ये ३ करोड ८४ लाख ६४ हजार ५२४ जना पूर्ण रूपमा निको भएका छन् भने १३ लाख ३१ हजार ६५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

अहिले विश्वभर १ करोड ५५ लख ३५ हजार ५९ जना सक्रिय संक्रमित छन्।