अख्तियार लगायत सबै निकायका ४५ वटै पदमा नियुक्ति: को कहाँ (सुचीसहित)
काठमाडौं- संवैधानिक परिषदको बैठकले अख्तियारसहित सबै संवैधानिक आयोगहरुमा रिक्त ४५ पदमा पूर्तिका लागि सिफारिस गरेको छ ।
मंसिर ३० गते बसेको परिषद् बैठकले अख्तियार प्रमुखमा प्रेम राईसहित आयुक्तमा जयबहादुर चन्द र किशोर सिलवाललाई सिफारिस गरिएको छ ।
निर्वाचन आयोगमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरलाई सिफारिस गरिएको छ । मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरलाई सिफारिस गरिएको छ भने सदस्यमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली बस्नेत थापा, मिही ठाकुरलाई सिफारिस गरिएको छ ।
वित्त आयोगको सदस्यमा जुध्द गुरुङ र अमरराज मिश्रलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।
राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली, सदस्यमा किष्ण कुमारी पौडेल खतिवडा, बित्ताकुमारी सिन्हालाई सिफारिस गरिएको छ । दलित आयोगको अध्यक्षमा देवराज विक दाङ अध्यक्षमा सिफारिस गरिएको छ भने सदस्यमा मीना सोव, परशुराम रम्तेल, टुन्ज बराइली, मेधेली पार्कीलाई सिफारिस गरिएको छ ।
समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्रीलाई सिफारिस गरिएको छ । आयुक्तमा रामचन्द्र जोशी, हरिदत्त जोशी, जितेन्द्र पासवानलाई सिफारिस गरिएको छ ।
आदिवासी आयोग रामबहादुर थापा अध्यक्षमा सिफारिस भएका छन् भने सदस्यमा मीन श्रीष मगर गुल्मी, मिनचुङ लामा, रिना राना स्याङजा र शरण राईलाई सिफासिर गरिएको छ । मधेसी आयोगमा सदस्य जीवच्छ साहलाई सिफारिस गरिएको छ । सदस्यमा रेणुदेवी साह, विजय गुप्तालाई सिफारिस गरिएको छ ।
थारु आयोगमा विकास चौधरी र भोलाराम चौधरीलाई सिफारिस गरिएको छ ।
मुस्लिम आयोगको सदस्यमा मोहम्मद अलि र मिर्जा अरसद बेगलाई सिफारिस गरिएको छ ।