संवैधानिक निकायमा ४५ जना नियुक्त, अख्तियार प्रमुखमा प्रेमकुमार राई - Himal Post Himal Post
  • २८ माघ २०८१, सोमबार
  •      Mon Feb 10 2025
Logo

संवैधानिक निकायमा ४५ जना नियुक्त, अख्तियार प्रमुखमा प्रेमकुमार राई



काठमाडौं । संवैधानिक आयोगहरुमा रिक्त रहेको ४५ पदमै मन्त्रिपरिषद्ले सिफारिस गरेको छ । स्रोतका अनुसार मंसिर ३० गते बसेको मनित्रपरिषद् बैठकले रिक्त सबै पदमा सिफारिस गरेको हो ।

उच्च स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राईको नाम सिफारिस भएको स्रोतले जनायो ।

उनलाई सिफारिस गरिएको पत्र संसद सचिवालयमा भने नआइसकेको संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए ।

सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको थियो । त्यसको भोलिपल्ट मंसिर ३० गते बसेको बैठकले रिक्त संवैधानिक निकायका पदहरुमा सिफारिस गरेको हो ।

कुन कुन संवैधानिक निकायमा ककसलाई सिफारिस गरियो भन्नेबारे गोप्य राखिएको छ ।