अर्घाखाँचीको सूपादेउरालीमा पुगेर शेखरले यसरी उडाए परेवा ! - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

अर्घाखाँचीको सूपादेउरालीमा पुगेर शेखरले यसरी उडाए परेवा !



काठमाडौं, ११ कार्तिक । अर्घाखाँचीको सूपादेउरालीमा पुगेर कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला परेवा उडाएका छन् ।

पश्चिम नेपालको भ्रमणमा रहेका उनले मूलूकमा शान्ती, संबिधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणका निम्ति सूपादेउरालीमा परेवा उडाएको बताए ।

उनले सुपादेउरालीमा परेवा उडाउँदा भ्रमण टोलीमा काँग्रेस केन्द्रिय सदस्य आनन्द ढूंगाना, रंजित कर्ण, प्रेस यनियनका नेताहरू शिव लम्साल, खिला कार्कीलगायतहरु पनिसँगै रहेको बताइएको छ ।

सुपा देउराली अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन् ।

सन्धिखर्क-गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित यो देवी मन्दिर छ। नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ।

सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँने गरेको छ।

दैनिक गोरुसिङ्गे पत्थरकोट गर्ने पचासौँ सवारी साधनका यात्रुहरू सुपा देउरालीमा दान, भेटी चढाएर यात्रा गन्तव्य गर्नु नैसर्गिक धर्म ठान्दछन्।

newsabhiyan