५ बर्षमा बरामद भएको ४ सय किलो सुनको नालीबेली
भदौ २०, काठमाडौं-
पछिल्लो पाँच बर्षमा मुलुकमा तस्करीका लागि ल्याइँदै गरेको सवा दुई अर्ब रुपैयाँ बराबरको सुन बरामद भएको छ ।
दैनिक एक सय किलो सुन तस्कर हुने अनुमान गरिए पनि प्रहरीले न्यून परिमाणमा मात्रै बरामद गर्दै आएको छ ।
सोमबार केरुङ रसुवागढी नाका हुँदै भित्रिएको करिब ४३ करोड रुपैयाँ बराबरको ८८ केजी अवैध सुन बरामद गरेको छ ।
कहिले कति भए बारमद ?
२०७४ साल
भदौ १९ गते : ८८ केजी
भदौ १५ गते : २२ केजी
असार २९ गते : ९ केजी
२०७३ साल
माघ १ गते : १३ केजी
पुस ६ गते : ५ केजी
पुस २१ गते : ३३ केजी
चैत ३ गते : ७ केजी
जेठ ३० गते : ६ केजी
२०७१ साल
साउन : २० केजी
मंसिर : २५ केजी
२०७०/०७१ : ८९ केजी
२०६९/०७० : ८३ केजी