एउटै खेलमा तीन खेलाडीको ह्याट्रिक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एउटै खेलमा तीन खेलाडीको ह्याट्रिक



फुटबल खेल पनि अचम्मको छ, कहिले गोल नै हुँदैन, कहिले अच्चकाली धेरै गोल हुन्छ । जर्मन कप फुटबलको पहिलो चरण अन्तर्गत आइतबार बेलुका भएको खेलमा धेरै गोल भयो ।

खेलमा समग्रमा १२ गोल अर्थात एक दर्जन गोल भयो । ११ गोल खायो, एक गोल फर्कायो । जर्मन कप अन्तर्गत बुण्डेस लिगा क्लब बोरुसिया मोन्चेङ्ग्लाड्बाचले पाँचौँ लिग क्लब बिएससी हास्टेड्टलाई ११–१ ले हरायो ।

यस क्रममा बोरुसियाका तीन खेलाडीले ह्याट्रिक गरे । पहिलो हाफमा ६ गोल गरेको बोरुसियाले दोस्रो हाफमा थप पाँच गोल गरेको हो । बोरुसियाका लागि थोर्गन हजार्ड (२, ४२, ८४ औँ मिनेट), यहि खेलबाट क्लबमा डेब्यु गरेका एलासानी प्लेए (८, ५० र ७८ औँ मिनेट) तथा फाफाएलले (१५, ३० र ६६ औँ मिनेट) ह्याट्रिक गरेका हुन् ।

यस्तै नेउहाउस र होफम्यानले एक एक गोल गरे । बिएससीका लागि कुकुकले एक गोल फर्काए ।