२२ अर्ब कुलतमै सक्छन् नेपालीले - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

२२ अर्ब कुलतमै सक्छन् नेपालीले



लागूपदार्थका दुर्व्यसनीले बर्सोनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । आजको कारोबारमा यो खबर छ ।

गाँजा/चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुर्व्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन् ।

यो रकम सुधार गृहमा उपचाररत दुर्व्यसनीको खर्चबाहेकको हो ।

सुधार गृहमा भएका दुर्व्यसनीको लागि अविभावकले मासिक २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन् ।

सुधार गृहमा उपचाररत एक जना दुर्व्यसनीले त्यहाँको सेवा सुविधा हेरेर न्यूनतम १५ हजारदेखि २० हजारसम्म खर्च गर्दै आएका छन् ।