शुक्रबार भेटिएका १७० नयाँ संक्रमितको विवरण यस्तो छ - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

शुक्रबार भेटिएका १७० नयाँ संक्रमितको विवरण यस्तो छ



काठमाडौँ- नेपालमा शुक्रबार हालसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ जिल्लाका थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन्। उनीहरु मध्य १६५ जना पुरुष र ५ जना महिला छन्।

योसँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ। तीमध्य २०६ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने अहिले सम्म कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ।

अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँग नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो।