अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन् - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्



काठमाडौं-

अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रमम ज्यान गुमाएका व्यक्तिका निकट आफन्तले पाउने क्षतिपूर्ति रकम वृद्धि गर्न गत माघ ११ गते दिएको निर्देशन कार्यान्वयनमा अर्थले हेललचेक्राइँ गर्दा पीडित क्षतिपूर्ति पाउनबाट वञ्चित भएका हुन् ।

दाहालले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सात लाख रुपैयाँसम्म दिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।