सरकारको आदेश नमान्ने ११ निजि स्कुल सञ्चालक पक्राउ - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

सरकारको आदेश नमान्ने ११ निजि स्कुल सञ्चालक पक्राउ



काठमाडौं- कोरोना महामारीको समयमा पनि सरकारी निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ नीजि विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

विद्यालय बन्द गर्न सरकारले गरेको निर्णय अटेर गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो। कोरोना संक्रमण फैलिन लाग्दा सरकारले राजविराजका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो।

उनीहरूले भने सरकारी निर्देशनलाई अवज्ञा गरी विद्यालय सञ्चालनगरिरहेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले सोमबार बिहान अनुगमन गर्ने क्रममा सञ्चालनमा रहेका विद्यालयका सञ्चालकहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।

नियन्त्रणमा लिइएका विद्यालय सञ्चालकहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।