फूलबारी सरसफाइ गर्न मात्र १० करोड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

फूलबारी सरसफाइ गर्न मात्र १० करोड



भदौ १८, काठमाडौं-

पोखराको पाँचतारे  फुलबारी रिसोर्ट एन्ड स्पा सञ्चालन गर्नुअघि सरसफाइ, रङरोगन र मर्मतसम्भार गर्न मात्र १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

यो रिसोर्ट बन्द भएको ६ महिना भइसकेको छ ।

लामो समयदेखि बन्द हुँदा होटल  पुन रिसोर्टका कोठा, भवनको भित्रबाहिर सरसफाइ र रङरोगन, स्वीमिङ पुल मर्मत र गार्डेन बनाउँदा १० करोड लाग्ने अनुमान रिसोर्ट व्यवस्थापन पक्षको छ ।

चार सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा एक सय ६४ कोठा छन् ।

एक सय ४० कर्मचारी दिनहुँ व्यस्त हुने र सयौं पर्यटक आउजाउ गर्ने देशकै सुविधासम्पन्न होटल मजदुर आन्दोलनका कारण सुनसान छ ।

पत्रपत्रिका बाट ।