एमाले सहितको १० दल सुशीला कार्कीको पक्षमा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

एमाले सहितको १० दल सुशीला कार्कीको पक्षमा



 बैशाख २२ काठमाडौँ

 

प्रमुख प्रतिपक्षी एमालेसहितका १० दलले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन माग गरेका छन् । स्वतन्त्र न्यायपालिका र शक्ति पृथकिकरणको सिद्धान्त विपरितको महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने प्रतिपक्षको चेतावनीका कारण बिहिबारका लागि डाकिएको संसद बैठक शुक्रबार विहानसम्मका लागि सूचना टाँसी स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेता केपी ओलीले प्रधानमन्त्री पुष्पकल दाहालसंग विहिबार मध्यान्ह गरेको छलफलमा महाभियोग प्रस्ताव फिर्ता नभएसम्म संसदका कुनै काम–कारवाही चल्न नदिने जनाउ दिएका थिए । कान्तिपुरमा खबर छ ।